Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

चकलेट आयातमै बाहिरन्छन् अर्बौ रकम, यस्तो छ तथ्याङ्क


नेपालको अर्थतन्त्र आयातमुखी बन्दै गइरहेको छ भन्ने कुराको पुष्टि अहिले उच्च मात्रामा भइरहेको वस्तुहरूको आयतले देखाउँछ । आयातलाई निरुत्साहित गर्ने नीति सरकारले अघि सारेपनि सोचे अनुसारको परिणाम आउन सकेको छैन । अहिले पनि नेपालमा खबौं रुपैयाँ बराबरको वस्तु आयात हुँदै आएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिना (साउन–कार्तिक) को तथ्यांकअनुसार वस्तु आयातमात्रै पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको छ । आयातको तुलानमा नेपालमा निर्यात निकै नै कम हुने गरेको छ । तथ्यांकअनुसार चार महिनामा ५४ अर्ब ७७ करोडरुपैयाँको वस्तु निर्यात भएको छ ।

आयात हुने विभिन्न वस्तुमध्ये धेरै मात्रामा चकलेट पनि पर्दछ । भन्सार विभागकाअनुसार नेपालमा आयात हुने मुख्य २० वस्तुमध्ये चकलेट ११ औँ स्थानमा पर्छ ।

अनाआवश्यक, कम आवश्यक वस्तुको आयातमा नेपाल निकै अगाडि छ भन्ने एक उदाहरण हो चकलेट आयात । यहाँ चकलेट उत्पादन गर्ने कम्पनी उलेख्य छन् तर चकलेटमा आत्मनिर्भर बन्न नसक्दा चकलेटमा करोडौं रकम बाहिरिएको छ । यस्ता कम आवश्यक वस्तुमासमेत ठूलो मात्रामा देशको पूँजी बाहिरिँदा अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ । एकातिर विदेशी मुद्रा सञ्चिती घट्दो छ भने अर्कोतिर यस्ता कम आवश्यक वस्तुको आयात बढ्दो मात्रामा छ ।

चकलेट आयातकै तथ्यांक विश्लेषण गर्ने हो भने वार्षिक अबौं रुपैयाँ नेपाली रुपैयाँ विदेशिएको पाइएको छ । चालु आव २०७८/७९ को चार महिनामा चकलेट को आयत नै ५९ करोड बराबर आयात भएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको चार महिनाको अवधिमा ५९ करोड ७१ लाख ५४ हजार रुपैयाँ बराबरको कोका मिसाइएका चकलेट आयात भएको छ । उक्त मूल्य बराबरको चकलेट आयात हुँदा सरकारले ४८ करोड ७० लाख रुपैयाँको राजश्व संकलन गरेको छ ।

एक सय २३ भन्दाबढी देशबाट चकलेट आयात

नेपालमा विश्वका ४० भन्दा बढी मुलुकबाट चकलेट आयात हुँदै आएको छ । जसमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट चकलेट आयात भएको पाइएको छ । तथ्यांकअनुसार चार महिनाको अवधिमा भारतबाट मात्रै ३८ करोड ८ लाख रुपैयाँ बराबारको ७ लाख ७१ हजार किलोग्राम चकलेट नेपाल भित्रिएको छ ।

२३ लाखको चकलेट निर्यात

आयातको तुलनामा नेपालमा चकलेट निर्यात निकै कम मात्रामा हुने गरेको पाइएको छ । चार महिनामा २३ लाख रुपैयाँ बराबरको ५ हजार किलोग्राम चकलेट नेपालबाट निर्यात भएको छ । सो अवधिमा बेल्जियम, अमेरिका र अस्ट्रेलियामा चकलेट निर्यात भएको छ । जसमध्ये सबैभन्दा बढी अमेरिका २२ लाख रुपैयाँको चकलेट निर्यात गरेको छ । अस्ट्रेलियमा ९ हजार र बेल्जियमा ३४ हजारको चकलेट निर्यात गरेको छ ।

चकलेट आयातको तथ्यांक

नेपालमा चकलेट मात्रै हैन हरेक वस्तुको आयातको तथ्यांक हेर्ने हो भने डरलाग्दो छ । नेपालीहरूले आफ्नै भीरपाखामा उत्पादन हुने कोदो, जौँसमेत आयातगर्दै आएको छ । आयतमुखी अर्थतन्त्रले नेपाललाई विस्तारै परनिर्भर परनिर्भर बनाउँदै लगेको छ । पछिल्लो आर्थिक वर्षको तथ्याङक हेर्ने हेर्दा नेपालमा चकलेट आयात वृद्धि हुँदै गएको देखिन्छ । आर्थिक वर्ष ०७३/७४ मा दुई अर्ब ९१ करोडको चकलेट आयात भएकोमा त्यसको पाँच वर्षपछि अर्थात् ०७८/७९ मा बढेर ३ अर्ब ३ करोड रुपैयाँको आयात भएको पाइएको छ ।

यस्तो छ पाँच वर्षको चकलेट आयतको तथ्यांक :


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!