Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

२०७ जना सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा


 उपत्यकामा आज बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २०७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारवाही गरीएको छ ।  सोही चेकीङकै क्रममा ट्राफिक नियम उल्लघन गर्ने अन्य  १८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

दुर्घटना न्युनिकरण तथा सवारी आवागमन सहज बनाउन  ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ । सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध समेत गरेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!