Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

नोभेम्बरमा श्रीलङ्काको विप्रेषण आम्दानी दरमा वृद्धि


विदेशमा रहेका श्रीलङ्काली कामदारले पठाएको विप्रेषण सन् २०२२ को नोभेम्बरमा बढेर ३८ करोड ४४ लाख अमेरिकी डलर पुगेको छ ।

श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२२ को नोभेम्बरमा श्रीलङ्काका विदेशमा रहेका नागरिकले पठाएको विदेशी मुद्रा बृद्धि भएको पुष्टि गरेको छ ।

सन् २०२२ को पहिलो ११ महिनामा भित्रिएको कूल विप्रेषण ३३ खर्ब १३ अर्ब डलर रहेको छ । यो सन् २०२१ को सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले कमी हो ।

मौद्रिक नीति र प्रणालीप्रतिको बढ्दो विश्वासका कारण पछिल्ला केही महिनामा विदेशी विप्रेषणमा निरन्तर वृद्धि भएको सीबीएसएलले जनाएको छ ।

श्रीलङ्काको आधिकारिक सञ्चित सम्पत्ति १.८ अर्ब डलर रहेको छ । त्यसमध्ये १.७ अर्ब डलर सन् २०२२ को पहिलो ११ महिना अर्थात् (नोभेम्बरको अन्त्य) सम्ममा जम्मा भएको विदेशी मुद्रा सञ्चिति हो ।


क्याटेगोरी : अर्थ, विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!