Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

भृकुटीको शालिक अनावरण


काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटी फन पार्कमा राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले आज सो शालिक अनावरण गर्नुभयो ।

“२१औँ शताब्दीमा आएर भृकुटीकोे पहिचानसहितको शालिक बनेको छ । भृकुटीको नाममात्र भएको यस स्थानमा अब उहाँको पहिचानसहितको शालिक बनेको हो”, उहाँले भन्नुभयो, “सातौँ शताब्दीमा नेपालको धर्म र संस्कृतिलाई चीनसम्म फैलाउनुहुने राष्ट्रिय विभूति भृकुटीलाई आज यस रुपमा सम्झनु प्रशंसनीय काम हो ।” उहाँले मण्डप र पार्कमा आउँदा भृकुटी को हुन् भन्ने जिज्ञासा मेट्न शालिक महत्वपूर्ण भएको धारणा व्यक्त गर्नुभयो । —


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!