Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

कोभिड-१९

यसरी हुनेछ स्मार्ट लकडाउन, जिल्ला प्रशासनहरुलाई कार्यविधी पठाइयो

सीसीएमसीको कार्यविधीमा स्मार्ट लकडाउनका लागि रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गरिएको छ ।


काठमाडौं—कोभिड-१९ को संक्रमणको तेस्रो लहर सुरु भएसँगै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्मार्ट लकडाउन कार्यविधी जारी गरेको छ । सीसीएमसीले साउनमा जारी गरेको स्मार्ट लकडाउन कार्यविधीअनुसार जिल्ला प्रशासन कार्यलयहरुले संक्रमण अवस्था र स्वास्थ्य पूर्वाधारको अवस्था हेरेर स्मार्ट लकडाउन गर्नेछन् ।

कार्यविधीमा उल्लेख भएअनुसार साप्ताहिक नयाँ संक्रमितको संख्या, संक्रमितको वृद्धि प्रतिशत, संक्रमण दर, अस्पतालहरुको व्यवस्थापन क्षमता, बेड अकुपेन्सी र मृत्यदरका आधारमा स्मार्ट लकडाउन गरिनेछ । सीसीएमसीको कार्यविधीमा स्मार्ट लकडाउनका लागि रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गरिएको छ । विभिन्न चरहरुका आधारमा तय गरिएको जोनअनुसार रेड, एम्बर, एल्लो र ग्रीन जोनमा स्मार्ट लकडाउन गरिनेछ । सीसीएमसीले अहिले स्मार्ट लकडाउनका लागि कार्यविधी बनाएर सबै जिल्ला प्रशासनहरुलाई पठाइसकेको छ । जिल्ला कोभिड-१९ संक्रमण व्यवस्थापन केन्द्रले त्यहाँको कोभिड-१९ संक्रमणको अवस्थालाई हेरेर स्मार्ट लकडाउनलाई कार्यन्वयनमा ल्याउनेछन् ।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #स्मार्ट लकडाउन

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!