Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

जर्मन फुटबल टिमका निर्देशकको राजीनामा, मुख्य प्रशिक्षकको भविष्य अनिश्चित


२० मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि जर्मनीको राष्ट्रिय फुटबल टिमका निर्देशक तथा एकेडेमीका निर्देश ओलिभर बिएरहोफले राजीनामा दिएका छन् ।

जर्मनी चाँडै विश्वकपबाट बाहिरिएपछि टिम छाड्ने बिएरहोफ पहिलो व्यक्ति हुन् । जर्मन फुटबल संघले सोमबार बिएरहोफले आफ्नो सम्झौता अन्त्य गर्न सहमति गरेको पुष्टी गरेको छ ।

उनको सम्झौता २०२४ को युरोसम्म रहे पनि विश्वकपमा खराब प्रदर्शनपछि सम्झौता चाँडै टुङ्गिएको हो ।

जर्मनीले आगामी युरोकप आयोजना गर्दैछ ।

तर विश्वकपमा लगातार दोस्रो पटक समूह चरणबाटै बाहिरिएपछि टिमको निर्देशकमा धेरैको चासो छ । गत वर्षको युरोमा पनि जर्मनी दोस्रो चरणबाट बाहिरिएको थियो ।

सन् २००४ मा पुरुष टिमको म्यानेजर बनेपछि बिएरहोफ १८ वर्षदेखि जर्मन पुटबल संघको व्यस्थानको भूमिकामा थिए । उनले सन् २०१८ मा सबै राष्ट्रिय टिम र एकेडेमीको भूमिका लिएका थिए ।

जर्मन फुटबल संघले बिएरहोफले उत्कृष्ट काम गरेको र २०१४ को विश्वकपमा सफलता हात पार्दा उनको भूमिका राम्रो रहेको जनाएको छ ।

बिएरहोफले खेलाडीको रुपमान जर्मनीका लागि ७० खेल खेल्दै ३७ गोल गरेका थिए ।

विश्वकपमा खराब प्रदर्शनपछि शुक्रबार घर फर्कने तयारीमा रहेका जर्मनी टिमका मुख्य प्रशिक्षक हान्सी फ्लिक र बिएरहोफसँग जर्मन फुटबल संघका अध्यक्ष बर्ड नोएनडफले विश्वकपको विश्लेषण र जर्मनीमा हुने युरो २०२४ सम्मका लागि सिफारिस चाहेका छन् ।

प्रशिक्षकको रुपमा फ्लिक भविष्य भने अनिश्चित बनेको छ । बिएरहोफको स्थानमा कसलाई ल्याउने भन्ने विषयमा कमिटीमा छलफल हुने संघले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!