Techie IT
  • ८ असोज २०८१, मंगलबार
Nepal Gyan

चर्चित फ्रान्सेली लेखक लापियरेको निधन


फ्रान्सेली लेखक डोमिनिक लापियरेको निधन भएको छ । उहाँ ९१ बर्षको हुनुहुन्थ्यो ।

उहाँका ’फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्दछन् ।

“९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उहाँको निधन भएको छ, ” उहाँकी पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार–माटिनसँग आइतबार भन्नुभयो ।

जुलाई ३०, १९३१ मा चाटेलेलोनमा जन्मिएका लापियरेले अमेरिकी लेखक ल्यारी कोलिन्ससँग मिलेर लेखेका छ वटा पुस्तकको विश्वभर करिब ५ करोड प्रति बिक्री भएको थियो ।

सन् १९६५ मा प्रकाशित गैर–आख्यान यस पुस्तकमा नाजी जर्मनीले फ्रान्सेली राजधानीमा नियन्त्रण तथा आत्मसमर्पण गरेको र फ्रान्सिस फोर्ड कोपोला र गोर भिडालद्वारा रजत पर्दाको लागि अनुकूलित गरिएका अगस्त १९४४ सम्मका घटनाहरूको वर्णन गरिएको छ ।

सन् १९८५ मा कोलकाताका एक रिक्सा चालकले भोग्नुपरेको पीडाबारे लेखिएको उहाँको उपन्यास ‘सिटी अफ जोय’ भारतमा उहाँको सर्बाधिक पढिएको कृति हो । यसै कथामा सन् १९९२ मा प्याट्रिक स्वेज अभिनित र रोलान्ड जोफद्वारा निर्देशित एक चलचित्र रिलिज भएको थियो ।

लापियरेले आफ्नो रोयल्टीको ठूलो हिस्सा ‘सिटी अफ जोय’ बाट भारतमा मानवीय परियोजनाहरूमा सहयोग गर्न दान गर्नुभएको थियो ।

सन् १९८० को दशकको सुरुतिर कोलकातामा मदर टेरेसालाई भेट्न जाँदा उहाँले रोयल्टीबाट जम्मा भएको ५० हजार अमेरिकी डलर प्रदान गर्नुभएको थियो ।

सहयोग स्वीकार्दै टेरेसाले भन्नुभएको थियो, “यदि यो सहयोगको उक्त थोपा (रकम) नभएको भए आफ्नो अभियानका लागि ठूलो रकम (समुद्र)समेत जम्मा हुने थिएन ।”

सन् २००५ मा लापियरेले मानवीय कार्यका साथै पाठकहरूको दानका कारण ‘२४ वर्षमा १० लाख क्षयरोगका बिरामीहरूलाई निको पार्न र कुष्ठरोग लागेका नौ हजार बालबालिकाको हेरचाह गर्न सम्भव भएको’ बताउनुभएको थियो ।

धाराप्रवाह बङ्गाली भाषा बोल्ने साहसी फ्रान्सेली उपन्यासकारले आफ्नो कृतिको बिक्री र ख्यातीबारे भन्नुभयो, “सबैभन्दा बढी बिक्री हुने लेखक भएर मात्र पुग्दैन । यसबाट प्राप्त हुने रकम सही काममा प्रयोग हुनु ठूलो कुरा हो ।” आफ्नो पुस्तकमा लेखिएजस्तै अन्यायहरूविरुद्ध न्यायका लागि सधैँ सङ्घर्ष गर्नुपर्ने र आवश्यक हुनेका लागि सधैँ सहयोग गर्नुपर्ने धारणा उहाँले राख्नुहुन्थ्यो ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!