Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

अबको बजेटमा कृषि र उर्जा क्षेत्रलाई प्राथमिकता दिइनुपर्छ: वर्षमान पुन


काठमाडौं  । नेकपा माओवादीका नेता वर्षमान पुनले अबको बजेटमा कृषि र उर्जा क्षेत्रलाई प्राथमिकता दिइनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको प्रि–बजेट छलफलमा भाग लिँदै नेता पुनले कृषि र उर्जालाई प्राथमिकता दिएर बजेट निर्माण गर्न सरकारलाई सुझाव दिए।

अब राज्यको प्राथमिकता आर्थिक रुपमान्तरण हुनुपर्ने भन्दै नेता पुनले कोभिड महामारीबाट सिर्जित समस्यालाई सम्बोधन गर्ने बजेट आउनुपर्ने बताए।

वजेटको सिद्धान्तमा भएका १० बुँदा आजको आवश्यकता भएको भन्दै उनले यही नै अहिलेको अजेण्डा भएको पनि बताए। सबै विषयलाई प्राथमिकतामा राखेका कारण बजेट छरिने भन्दै पुनले चिन्ता व्यक्त गरे।

कृषिलाई प्राथमिकतामा राख्ने कुरा विगतदेखि नै भनिँदै आए पनि प्रभावकारी कार्यान्वयन नभएको पुनको भनाइ छ। अब प्रभावकारी कार्यान्वयन गर्न सकिने योजनाका लागि बजेट ल्याइनुपर्ने उनले बताए।

आयात विस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्नेगरी कार्यक्रमहरु ल्याउनुपर्ने पुनको भनाइ छ। नेता पुनले विदेशी ऋण र अनुदानको विषयमा चनाखो हुनुपर्ने पनि बताए। श्रीलंकाको आर्थिक संकट आउनुमा एउटा समस्या भनेको विदेशी ऋण भएको भन्दै नेपालले पनि धेरै ऋण लिने विषयमा पनि सोच्नुपर्ने पुनको भनाइ छ।

नेपालको उर्जा पनि निर्यात गरेर फाइदा लिनुपर्ने उनले बताए। छिमेकीलाई आवश्यक हुदाँ दिने र नेपाललाई चाहिँदा लिने विद्युतीय व्यापारको रणनीति बनाउनुपर्ने उनले बताए। नेपालले जलायशयुक्त आयोजना बनाउन केन्द्रित हुनुपर्ने उनको भनाइ छ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!