Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला


बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् ।

गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिनुभयो ।

“मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिएनु भएको छ,” उहाँले भन्नुभयो ।

जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ ।

जिल्लामा कूल तीन लाख १५ हजार दुई सय ८४ मतदाता छन् । जिल्लामा एक सय ५४ मतदानस्थल र तीन सय ७६ मतदान केन्द्र छन् ।—


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!