Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकारः संयुक्त राष्ट्रसंघ


दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् । संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दे सो कुरा जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडिमात्र जारी गरिएको हो।
प्रतिवेदनका अनुसार करिब ८० प्रतिशत युवा उत्तरदाताहरूले भेदभावले उनीहरूको जीवन प्रगतिमा असर गरेको महसुस गरेका छन्। बालबालिका विरुद्धको हिंसाको स्तर र दक्षिण अफ्रिकामा युवा जीवनलाई असर गर्ने र भेदभाव गर्ने असमानतालाई तत्कालै सम्बोधन गरिनुपर्ने युनिसेफ दक्षिण अफ्रिका प्रतिनिधि क्रिस्टिन मुहिगानाले बताएका छन् ।
“बालबालिका विरुद्ध हुने भेदभाव विरुद्ध हामी सबैले लड्नुपर्छ,” उनले भनिन्।
“विश्व बाल दिवस हरेक बालबालिकाको अधिकारको लागि हाम्रो आह्वानलाई बलियो बनाउने क्षण हो’ उनले जोड दिइन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!