Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

१००० रुपैयाँले महंगियो सुन, चाँदीको मूल्य पनि बढ्यो


काठमाडौं । नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

तोलामा १ हजार रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला १ हजार २५५ रुपैयाँ प्रतितोला रहेको चाँदीको मूल्य शुक्रबार १ हजार २७० रुपैयाँ पुगेको छ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!