Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

काठमाडौँ- १ निर्वाचन : मेलम्चीको पानी र सुशासन मतदाताका माग


काठमाडौँ, २८ कात्तिक काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा मतदानका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । मतदान केन्द्रमा खटिने कर्मचारीका तालिम र प्रशिक्षण पूरा भई हाल निर्वाचन केन्द्र र मतपत्रको व्यवस्थापन भइरहेको छ ।

यहाँ सुरक्षा र व्यवस्थापनको दृष्टिकोणबाट सहज हुनेगरी मतदान केन्द्र चयन गरिएको छ । काठमाडौँ-१ मा मतदान र मतगणना छिटो सम्पन्न हुनेगरी जनशक्ति व्यवस्थापन गरिँदैछ ।

एउटा केन्द्रमा करिब नौ कर्मचारी रहनेगरी काठमाडौँका १० स¬ङ्घीय निर्वाचन क्षेत्रका लागि छ हजारभन्दा बढी जनशक्ति निर्वाचनमा खटिनेछन् । निर्वाचन अधिकृतको कार्यालयले यस निर्वाचनमा ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र अपाङ्गतामैत्री मतदान केन्द्र हुने जनाएको छ ।

देशको प्रमुख प्रशासनिक भवन सिंहदरबारसहित हालको सङ्घीय संसद् भवन रहेको बानेश्वरसमेत समेटिएकाले पनि यो क्षेत्रमा सबैको चासोमा छ । कुल मतदातामध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष रहेको यस निर्वाचन क्षेत्रमा २२ मतदानस्थल र ५२ मतदान केन्द्र कायम गरिएको छ । जातीय हिसाबले यस निर्वाचन क्षेत्रमा ५३.१३ प्रतिशत खस आर्य र ३७.५० प्रतिशत आदिवासी रहेको निर्वाचन आयोगको तथ्याङ्कमा छ ।

छिटो मतगणना हुनेछ : मुख्य निर्वाचन अधिकृत

मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले राजनीतिक दल र निर्वाचन आयोगबीचको छलफल र परामर्शमा जारी भएको आचारसंहिताका कारण यसपटक राजनीतिक दल र उम्मेदवारबाट स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा प्रचारप्रसारको गतिविधि सञ्चालन भइ स्वच्छ, स्वतन्त्र, मितव्ययी र भयरहित निर्वाचनमा सहयोग प्राप्त भइरहेको बताउनुभयो ।

“यसपटकको निर्वाचनमा आचारसंहिता पालनामा जोड दिइएको छ, माइकिङ, तुल–ब्यानर र हल्लाखल्ला कम देखिएको छ” उहाँले भन्नुभयो, “शान्तमय वातावरणमा चुनावका गतिविधि भइरहेका छन् ।” मतगणनासम्बन्धी आयोगले तयार गरेको प्रक्रिया र पद्धति एउटै भएकाले त्यसमा पनि छिटोछरितो ढङ्गबाट कार्यसम्पादन हुने उहाँको भनाइ छ ।

नेपालका लागि नेपाली पार्टीका अध्यक्ष बालकृष्ण न्यौपाने घरदैलोमा जाँदा मतदाताले मेलम्चीको खानेपानीको उपलब्धता र भ्रष्टाचार अन्त्यका विषयमा संसद्मा पुगेर गम्भीर ढङ्गबाट कुरा उठाउन आफूलाई सुझाव दिएको बताउनुभयो ।

“लामो समयदेखि सबै उम्मेदवारले प्रतिबद्धता गरेको मेलम्ची खानेपानी अझै उपभोग गर्न पाइएन, हामीलाई झुक्याइयो, त्यसबारे सदनमा आवाज उठाइदिनु होला भनेर मतदाताले भन्नुभएको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ अधिवक्ता समेत रहनु भएका न्यौपानेले नागरिकता, टनकपुर घटना, श्रम ऐन, ललिता निवास, हिन्दी भाषामा भएको सपथलगायत मुद्दामा आफूले खेलेको भूमिकाका आधारमा जनताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले सामाजिक न्याय, शिक्षा र स्वास्थ्यमा आफूले गरेको कामको मूल्याङ्कनका आधारमा दिन आग्रह गर्दै विकास र नीतिगत सुधारका कार्यसूची प्रस्तुत गर्नुभएको छ । उहाँले भन्नुभयो, “अघिल्ला चुनावमा अरूलाई मत दिँदै आएका विभिन्न दलसँग आस्थावान् कार्यकर्ता र मतदाता यसपटक मेरो प्रचारका लागि घरदैलामा हिँडेकाले मलाई विजयको आशा र उत्साह बढेको छ ।”

नेकपा (एमाले)का उम्मेदवार किरण पौडेलले निर्वाचनका समयमा मीठा कुरा र आश्वासन दिने र चुनाव जितेपछि पाँच वर्ष फर्केर नआउने प्रवृत्ति नदोहो¥याउन मतदाताले आफूलाई सचेत गराएको बताउनुभयो ।

“मतदाताले समस्या परेका खण्डमा उपलब्ध हुने जनप्रतिनिधि खोजेकाले निर्वाचनपछि मात्रै वास्तविकरूपमा मैले घरदैलामा जाने कार्यक्रम बनाएको छु, मैले पुरानो पुस्ताको गल्ती, कमजोरीको भारी हामीलाई नबोकाउनुस् भनेको छु”, उहाँले भन्नुभयो ।

चर्चामा राजधानीको पहिलो निर्वाचन क्षेत्र
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा काठमाडौँ निर्वाचन क्षेत्र नं १ चर्चामा रहेको छ । प्रजातन्त्र बहालीपछिका हरेक निर्वाचनमा सर्वाधिक चर्चामा रहेको यस क्षेत्रबाट पछिल्ला निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सदनमा प्रतिनिधित्व गर्दै आउनुभएको छ ।

उक्त क्षेत्रबाट राष्ट्रिय राजनीति र सामाजिक क्षेत्रमा परिचित कांग्रेसका प्रकाशमान सिंह, नेकपा (एमाले)का किरण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमबीच यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रबाट १० महिला, ११ स्वतन्त्रसहित २१ राजनीतिक दलका उम्मेदवारबीच भिडन्त हुँदैछ ।

२९ देखि ६६ वर्ष उमेर समूहका उम्मेदवारबीचको प्रतिस्पर्धाको छिनोफानो गर्ने यस निर्वाचनमा ४५ हजार १८ मतदाताको सूची कायम छ । यस निर्वाचनमा त्यस क्षेत्रका जनताले खासगरी मेलम्चीको खानेपानी र सुशासनको मुद्दाबारे उम्मेदवारसँग प्रश्न गरिरहेको देखिएका्े छ ।

उक्त निर्वाचन क्षेत्रमा एमाले, कांग्रेस, राप्रपा, नेपाल मजदुर किसान पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, हाम्रा नेपाली पार्टी, नेपालका लागि नेपाली पार्टी, राप्रपा नेपाल, नेपाल कम्युनिस्ट पार्टी (माले)ले भाग लिएका छन् ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेसनलिस्ट पिपल्स पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाली कांग्रेस (बिपी), नेपाल वाद, विवेकशील साझा पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, जनसमाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी पनि प्रतिस्पर्धामा उत्रिएका छन् ।

घरदैलो गर्ने क्रममा त्यस क्षेत्रका मतदाताले सडक, खानेपानी, ढलजस्ता साझा माग उठाउँदै आआफ्ना गुनासो सुनिदिने व्यक्तिलाई भेट्न मुस्किल हुने गरेको प्रतिक्रिया दिए । मतदाताको मुख्य मागमध्ये सुशासन र मेलम्चीको पानीको दिगो अवतरण पनि रहेको छ ।

उक्त क्षेत्रबाट हरिशरण श्रेष्ठ, प्रकाश नायजु, हरेन्द्र चौधरी, प्रकाश श्रेष्ठ, डम्बर शाह, बालकृष्ण न्यौपाने, शान्तिदेवी केसी, सुरेन्द्रप्रसाद ढकाल, मञ्जु रानामगर, इन्द्रबहादुर थापा, मानबहादुर राई र रिषम भट्टराई प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै किरणकुमार शर्मा पौडेल, शङ्कर बञ्जाडे, हरिकुमार घले, मनिता लिगल श्रेष्ठ, गोमा खतिवडा अधिकारी, सुनिता बसेल, खुमकला लामिछाने, सङ्गीता बोगटी, दुर्गाप्रसाद लिम्बू, कूलबहादुर तामाड, निर्जल शाह, मीरा विष्ट, देव शर्मा, सङ्गीता

(रासस) :


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!