जी २० शिखर सम्मेलनमा सहभागी हुन सी इन्डोनेसियामा
चिनियाँ राष्ट्रपति सी चिनफिङ जी२० शिखर सम्मेलनमा भाग लिन सोमबार इन्डोनेसिया पुगेका छन् । जी२० शिखर सम्मेलन मंगलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो ऊर्जा संक्रमणको गति बढाउने र डिजिटल रूपान्तरणको प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ ।
यसपछि थाइल्याण्डको राजधानी बैंककमा २९औँ एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन इकोनोमिक लिडरहरूको बैठक हुनेछ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया