Techie IT
  • ८ मंसीर २०८१, शनिबार
Nepal Gyan

युएईले दियो नेपाललाई २६४ रनको लक्ष्य


काठमाडौं । युएईले पहिलो एक दिवसीय क्रिकेटमा नेपाललाई २६४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । निर्धारित ५० ओभरमा युएईले ७ विकेट गुमाउँदै नेपाललाई २६४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो ।अन्तिम ५ ओभरमा मात्र युएईले ४९ रन बनायाे ।

नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिने क्रममा युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए । महम्मद वसिमले ४४ रन बनाए ।

भ्रित्य अरविन्द४० रन बनाए । अलिसान सराफुले २९ रन बनाए । आयान अजिज खानले २६ रनको योगदान गरे । अहमेद राजाले २७ रन बनाए । नेपालले अतिरिक्त २७ रन दियो ।

नेपालका लागि गुल्सन झाले २, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए ।

नेपालविरूद्द तीन एकदिससीय सिरिज खेल्न युएई नेपाल भ्रमणमा आएको हो । पहिलो खेलबाटै अर्जुन साउद र हरिशंकर नेपालीले नेपालका लागि डेब्यु गरेका छन् ।


क्याटेगोरी : खेलकूद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!