Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

बिस्का जात्रा सुरू

ऐतिहासिक महत्त्वको बिस्का(बिस्केट) जात्रा सुरु,चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने


भक्तपुर — भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवं ऐतिहासिक महत्त्वको बिस्का(बिस्केट) जात्रा सुरु भएको छ । चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठ रात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा आइतबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मातृकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवर्दुगा देवगण त्यहाँ उपस्थित हुन्छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन रहेको छ । बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता छ । बिस्केट जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि यसै स्थानमा पुर्‍याइन्छ र लिङ्गो उठ्नासाथ स्थानीय बाराही देवीको तिंप्वाः जात्रा मनाइन्छ ।

जात्राको पहिलो दिन तौमढीबाट तान्न सुरु गरेको रथ तौमढी क्वाछें, सुकुलढोका हुँदै गोल्मढी पुर्‍याएर पुनःतौमढी ल्याई बोलाछें नासमना हुँदै गहिटी पुर्‍याउइने प्रचलन छ । जात्रामा रथको अगाडि भागमा ६ र पछाडि ४ वटा लामो लठारो (डोरी) समातेर दुवैतर्फ जात्रालुले रथलाई ‘होस्से/हैसे/हाहा’ गर्दै आफ्नो तर्फ तानेर जात्रा मनाइन्छ । जात्रामा रथ तानातान गर्दै हजारौं स्थानीयले आ–आफ्नो टोलमा लैजान खोज्छन् । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो, बिस्केट जात्राको पहिलो दिनलाई द्यः क्वहाँ बिज्याइगु (देवता पृथ्वीमा आगमन हुने) भनिन्छ ।

 


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!