Techie IT
  • ७ असोज २०८१, सोमबार
Nepal Gyan

ठाडी भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजस्व


सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन ।

आर्थिक वर्ष २०७८÷७९ मा रु १३ करोड दुई लाख ८१ हजार पाएको लक्ष्य रु तीन करोड ८३ लाख ९२ हजार ९३ उठाउन सकेको हो । त्यो लक्ष्यभन्दा रु १० करोड कम हो । ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद कोइरीले भन्सारबाट बढी मात्रामा टायल्स, मार्बल र भारतीय गाडी भित्रने र राजस्व उठ्ने गरेको तथा निर्यात शून्य अवस्थामा रहेको बताउनुभयो ।

चालु आव २०७९÷०८० मा रु ११ करोड ४३ लाख ६७ हजार राजस्व उठाउने कार्यालयको लक्ष्य रहेकामा असोजसम्म रु एक करोड १५ लाख २४ हजार छ सय ४१ राजस्व उठाउन सकिएको छ ।े कार्यालयले पाएको लक्ष्य पूरा गर्न चुनौती रहेको जनाउँदै अवैधरुपमा भन्सार छली गरी ल्याएको समान जफत गरिएको र चोरी पैठारीसम्बन्धी एक सय ६८ मुदा दर्ता भएको कार्यालय प्रमुख काइरीले बताउनुभयो ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!