Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

ब्राजिलको राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुला निर्वाचित


ब्राजिलका जनताले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्दै नयाँ राष्ट्रपतिमा पूर्वराष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई निर्वाचित गरेका छन् । देशको नयाँ राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुलाले ५०.९% र बोल्सोनारोले ४९.१% मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

नवनिर्वाचित राष्ट्रपति लुलालाई विश्वका नेताहरूले बधाई दिएका छन्भने उहाँका प्रतिद्वन्द्वी बोल्सोनारोले सार्वजनिक रूपमा निर्वाचन स्वीकार गरिनसकेका नेता लुलाले बताउनुभएको छ । यहाँ भएको विजय जुलुसमा समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति लुलाले उक्त जानकारी दिनुभएको हो । “आज एकमात्र विजेता ब्राजिलका जनता हुन्, राजनीतिक दल, व्यक्तिगत स्वार्थ र विचारधाराभन्दा माथि उठेर लोकतन्त्रको विजय होस् भन्ने हाम्रो चाहना नै लोकतान्त्रिक आन्दोलनको विजय हो,” उहाँले आफ्नो जितको श्रेय जनतालाई दिँदै विजय जुलुसमा भन्नभयो ।

सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति रहेका लुला सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल सजाय भएको थियो । साथै उहाँलाई राजनीतिमा सहभागी हुन प्रतिबन्ध लगाइएको थियो । पाँच सय दिनभन्दा बढी समय कारागारमा बिताएपछि अदातलले उहाँ रिहा गर्दै उहाँमाथि लगाइएको राजनीतिक प्रतिबन्ध पनि खारेज गरेको थियो ।

ब्राजिलमा सन् १९८५ मा लोकतन्त्र पुनः स्थापना भएपछि पदमा रहेका राष्ट्रपति निर्वाचनमा पहिलोपटक पराजित भएका हुन् । बीस लाखभन्दा मतले उनी पराजित भएका छन् । सन् २०१४ को राष्ट्रपतीय निर्वाचनमा विजयी उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीकोभन्दा ३५ लाख भोट बढी ल्याएका थिए ।
–––


क्याटेगोरी : विश्व, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!