Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

चैत मसान्तसम्मा मेलम्चीको पानी काठमाडौँ पुग्छ : मन्त्री चौधरी


सिन्धुपाल्चोक– खानेपानीमन्त्री उमाकान्त चौधरीले चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौं पुग्ने बताएका छन्।बिहीबार हेलम्बु-१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुग्नुभएका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। उनले प्राविधिकरूपमा केही कठिनाइ देखा परे पनि त्यसलाई समाधान गर्दै चैत मसान्तसम्ममा जसरी पनि पानी काठमाडौं झार्नका लागि काम भइरहेको बताए।

मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनीयर पदमबहादुर कुँवरले १७ नम्बरको डेढ किलोमिटर टनेल सफा गर्न, २१ नम्बर गेट खोल्न र ९ नम्बर गेट झार्न बाँकी रहेको उल्लेख गर्दै ९ नम्बर गेट झार्ने प्रयास गरिने जानकारी दिए। यसपछि मुख्य काम सकिने उनको भनाइ छ। सुरुङ सफा गर्ने क्रममा सुरुङभित्र सोचेभन्दा बढी लेदो भरिएको पाइएकाले सो सफा गर्ने कार्य भइरहेको ठेकेदार कम्पनी सिनो हाइड्रोका सब कन्ट्र्याक्टर एस के कन्स्ट्रक्सनका एक सञ्चालक समीर तामाङले जानकारी दिए।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!