Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

मापदण्ड पालना नगर्ने उद्योग सिल


उत्पादन मापदण्ड विपरीत सञ्चालनमा रहेका तीन उद्योगमा सिल गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनका क्रममा तीन उद्योग सिल गरेको हो ।

कार्यालयले पटक–पटक दिएको निर्देशन अटेर गरेको, बिना लेबलका चाउमिन तथा बेकरीजन्य वस्तु उत्पादन तथा बिक्री वितरण गर्ने उद्योग सिल गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख भेषबहादुर थापाले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख थापाका अनुसार जिल्लाको भेरीगङ्गा नगरपालिकामा दुई र गुर्भाकोट नगरपालिकामा एउटा उद्योग सिल गरिएको हो । उहाँले अनुगमनका क्रममा भेरीगङ्गामा शिवशक्ति चाउमिन उद्योग छिन्चु र एभरेष्ट बेकरी उद्योग जहरेको उत्पादन तथा बिक्री वितरणमा पूर्ण रोक लगाइएको बताउनुभयो ।

उहाँका अनुसार अनुगमनकै क्रममा गुर्भाकोटमा मापदण्ड विपरीतको सीता चाउमिन उद्योगको उत्पादन तथा बिक्री वितरणमा समेत रोक लगाइएको छ । ती उद्योगले कार्यालयले दिएको निर्देशनअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र सञ्चालन गर्न दिइने उहाँको भनाइ छ ।
–––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!