Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार


वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्प्तालमा उपचारत रहनुभएका जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

“मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार देखिएको र उहाँले सामान्य प्रतिक्रिया देखाउनुभएको छ”, विज्ञप्तिमा भनिएको छ । जोशीको गत असोज २३ गतेदेखि छातीमा निमोनियाको सङ्क्रमण नियन्त्रणका लागि एन्टिवायोटिक्स् कोर्स जारी राखिएको बताइएको छ । स्वास्थ्यमा समस्या आएपछि १८ दिनदेखि उहाँको अस्पतालमा राखेर उपचार गरिएको छ । उहाँको अहिले सघन उपचार कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!