Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

चीनमा मंगलबार दुई वर्षयताकै धेरै कोभिड संक्रमित


बेइजिङ, १ चैत । चीनमा मंगलबार दुई वर्षयताकै सबैभन्दा धेरै सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार २८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएको र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ ।

कडा प्रतिबन्ध र स्वास्थ्य मापदण्ड लागू भए पनि पछिल्लो दुई हप्तामा यसअघिका रेकर्ड तोड्ने गरी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । उत्तरपूर्वी सहर चाङ्गचुन र सेनझेन सहरमा यसै हप्ता लकडाउन घोषणा गरिएको छ ।

साङ्घाईमा विद्यालय बन्द छन् । कोरोना रोकथाममा प्रभावकारी काम नगरेको भन्दै सरकारले यसै हप्ता जिलिन र चाङचुनका स्वास्थ्य आयोगका प्रमुखलाई बर्खास्त गरेको थियो । सङ्क्रमण रोक्न चीन सरकारले सामूहिक जाँच गर्ने अभियान चलाएको छ भने स्वास्थ्यका मापदण्डमा कडाइ गरेको छ ।

चीनमा पहिलो पटक सन् २०१९ को डिसेम्बरमा कोरोनाको भाइरस देखिएको थियो


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!