Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

मिरगञ्ज पुल सञ्चालनमा ल्याउन माग


भारतको जोगबनीबजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतका गृहमन्त्री अमित शाहसमक्ष विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन् । मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको उद्योगी व्यवसायीको टोलीले भारतीय गृहमन्त्री शाहसँग मिरगञ्ज पुल सञ्चालनमा ल्याउन माग गरेको हो ।

विहारको किसनगञ्जमा आयोजना हुने जनभावना सभालाई सम्बोधन गर्न आउनुभएका शाहलाई व्यापार सङ्घका प्रतिनिधिले पुललगायत अन्य समस्या समाधानका लागि पहल गरिदिन मागसहित ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष राठीले बताउनुभयो । उहाँका अनुसार भारतीय गृहमन्त्री शाहले ज्ञापनपत्र बुझ्दै नेपाली उद्योगी व्यवसायीले राखेका माग पूरा गर्ने आश्वासन दिनुभएको छ ।

ज्ञापनपत्रमा २०२२ जनवरी ६ देखि बन्द भएको स्टिल स्ट्रक्चरको मिरगञ्ज पुलको विकल्पमा निर्माण गरिएको मोटरेबल पुल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ । विगत नौ महिनादेखि मिरगञ्ज पुल बन्द हुँदा जोगबनी नाकाबाट हुने आयातनिर्यात ठप्प भएको छ ।

जोगबनी नाकाबाट हुने आयातनिर्यात हाल सुनसरीको भाण्टाबारी नाकाबाट भइरहेको छ । मिरगञ्ज पुल बन्द भएपछि एक सय १४ किलोमिटर घुमाएर मालवाहक ट्रक तथा कन्टेनरहरू विराटनगरस्थित आइसिपी आउनुपर्ने बाध्यता छ । लामो दूरी घुमाएर सामान आयात गर्नुपर्दा दैनिक एउटा गाडीलाई रु २० हजार थप भाडा तिर्नु परिरहेको उद्योगी व्यवसायीको गुनासो छ ।

उद्योगी व्यवसायीको टोलीले भारतबाट नेपालमा चामल र गहुँ निकासीमा प्रतिबन्ध लगाइँदा नेपाली जनता र उद्योगधन्दामा ठूलो असर परेकाले नेपालमा सहजरूपमा खाद्यान्न निर्यातको अनुमति दिनसमेत ज्ञापनपत्रमार्फत अनुरोध गरिएको वरिष्ठ उपाध्यक्ष राठीले बताउनुभयो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!