Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

दोस्रो लिस्तिकोट दुगुनागढी ट्रेल रेसको उपाधि महतरालाई


सिन्धुपाल्चोक – दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि त्रिभूवन आर्मी क्लबका देवराज महतराले जितेका छन् । खुलातर्फको प्रतियोगितामा महतराले २ घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौबिस किलोमिटरको दुरी पार गरेर पहिलो भएका छन् । ११८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका महतराले एक लाख दस हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा २ घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पार गरेर त्रिभूवन आर्मी क्लबकै श्रीकास राई दोस्रो भएका छन् । उनले ७५ हजार नगद पुरस्कार पाएका छन् भने तेस्रो सोलुखुम्बुका सुमन कलुङले २ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भएका छन् । उनले ५५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । चौथो, पाँचौ र छैठौं हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमश ४० हजार, ३० हजार र २० हजार नगद पुरस्कार जित्न सफल भएका छन् ।

त्यस्तै महिलातर्फ सिन्धुपाल्चोकी नितु तामाङ प्रथम हुन सफल भएकी छन्। उनले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरी ६० हजार नगद पुरस्कार जितेका छन् । दोस्रो र तेस्रो क्रमश सिन्धुपाल्चोकै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाएकी छन् ।

जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय भएका छन्। उनीहरुले क्रमश ३० हजार, २० हजार र १५ हजार पुरस्कार पाए । जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकासी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेताहरुलाई पुरस्कार वितरण गरे ।


क्याटेगोरी : खेलकूद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!