मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याइँदै

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि थोक वितरण प्रणालीको पाइप बिच्छ्याइँदै । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट नयाँपाटीसम्म एक हजार ८०० एमएम र नयाँपाटीबाट चावहिलसम्म एक हजार ६०० एमएमको ठूला पाइप बिच्छ्याउन लागिएको हो । सिन्धुपाल्चोकस्थित याङ्री र लार्के खोलाको पानी राजधानी ल्याइने भएपछि थप पाइप बिच्छ्याउन लागिएको हो ।
तस्वीर ः पूर्णप्रसाद मिश्र÷रासस
Nepalgyan#melamchi khanepani#Kathmandu
क्याटेगोरी : समाचार
प्रतिक्रिया