Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

निलम्बित प्रधानन्यायाधीश जबराको पीएसओ र सरकारी गाडी खोसियो


२ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाइएका छन् । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो ।

स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ । औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको छ । पछुवाका रुपमा प्रयोग हुने जीप पनि प्रधान कार्यालयमा फिर्ता गराइएको छ ।

संसदको अन्तिम अधिवेशन सकिएपछि जबराले आइतबार सर्वोच्च अदालत जाने प्रयास गरेका थिए । तर ‘प्रहरीले नजरबन्द’ गरेको भन्दै जबरा सरकारी निवासबाट निस्किएका थिएनन् । उनले सर्वोच्च अदालत जाने प्रयास गरेको भए अवरोध गर्ने कानून व्यवसायीको तयारी थियो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले निलम्बित भइसकेकाले प्रधानन्यायाधीशका रुपमा जबराले सुविधा नपाएका हुन् । ‘खासमा पहिल्यै फिर्ता बोलाउनुपर्ने थियो, ढिलाइ भएको मात्र हो,’ उनले भने । तर मन्त्रालयकै अर्का एक उच्च अधिकृत जबराले सर्वोच्च प्रवेश गर्ने कोशिश गरेपछि सरकारबाट प्रतिक्रिया रुवरुप उनको सुविधा खोसिएको बताउँछन् ।

विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार प्रधानन्यायाधीशले ‘अति विशिष्ट स्तर’को सुरक्षा पाउँछन् । जसअनुसार नेपाली सेनाका १५ र नेपाल प्रहरीका २ जना अधिकृत सुरक्षार्थ खटिन्छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!