Techie IT
  • ६ असोज २०८१, आईतबार
Nepal Gyan

महारानी एलिजाबेथको अन्त्येष्टिमा भाग लिन राष्ट्रपति मुर्मु लन्डनमा


भारतका राष्ट्रपति मुर्मु महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टिमा भाग लिन यहाँ आउनुभएको छ । भारत सरकारको तर्फबाट शोक व्यक्त गर्न उहाँ बेलाइतको औपचारिक भ्रमणमा आउनुभएको हो । सोमबार महारानी एलिजाबेथको राजकीय सम्मानका साथ वेष्टमिनिस्टर गिर्जाघरमा अन्त्येष्टि हुँदैछ ।

भारतका राष्ट्रपति आज महारानीको कफिनाई समाधिस्थ गरिनेस्थलमा उपस्थित हुनुहुनेछ भने बकिङघम दरबार नजिकस्थित ल्यान्कास्टर हाउसमा भारत सरकारको तर्फबाट शोक पुस्तिकामा हस्ताक्षर गर्नुहुनेछ । सोमबार बिहान ११ बजे हुने अन्त्येष्टि सेवा अघि बकिङघम दरबारमा विदेशी नेताहरूका लागि राजा चार्ल्स तृतीयद्वारा आयोजित स्वागत समारोहमा सहभागी हुनुहुनेछ । त्यसपछि उहाँ बेलाइतका विदेश, राष्ट्रमण्डल र विकास मामिलामन्त्री जेम्स क्लिभरलीले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनुहुने कार्यक्रम छ ।

बेलाइतकी पूर्वराष्ट्रप्रमुख तथा राष्ट्रमण्डल प्रमुख महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत भदौ २३ गते स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा निधन भएको हो । महारानीको सम्मानमा भदौ ११ गते भारतभर राष्ट्रिय शोक मनाइएको थियो । बेलाइत साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलाइतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक उहाँ ७० वर्षसम्म राजसिंहासनमा रहनुभयो । –––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!