Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

न्युजिल्याण्डमा कोभिडबाट करिब दुई हजार सङ्क्रमित, छयालीसको मृत्यु


न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।

सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार उक्त सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै सोमबार यहाँका ४६ जना सङ्क्रमित यो संक्रमणबाट मृत्यु भएको पनि बताएका छन् ।

जुलाई महिनाको सुरुको हप्तामा यहाँ दैनिक नै दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।

यहाँ कोभिडको सङ्क्रमण सुरु भएदेखि सन् २००० यतादेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट हुने मृत्युदरमा भने कमी आएको पनि बताइएको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट यहाँका एक हजार ९६२ जना व्यक्तिको मात्र निधन भएको जनाएको छ । –––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!