Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

प्रविधी

‘फाइभ इन वान’ एसी, यस्ता छन् विशेषता

कति पर्छ मूल्य ?


काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आफ्नो २०२१ रेन्ज अन्तर्ग ‘कन्भर्टिबल फाइभ इन वान’ एयर कन्डिसनर बजारमा ल्याएको छ । सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिक्स हेड आलोक गुप्ताका अनुसार ‘कन्भर्टिबल फाइभ इन वान’ मा इन्भर्टर एसीको साथ अयान्टी डस्ट तथा ब्याक्टेरियल प्रोटेक्टरको साथ डिजिटल इन्भर्टर प्रविधिको प्रयोग गरिएको छ ।

दुई वटा मोडलहरु एउटा वान टन र अर्को १.५ टन क्षमताको लञ्च गरिएको उनले बताए । नयाँ रेन्जको एयर कन्डिसनरले स्वच्छ हावा, कम बिजुली खपत, सहज एवं कस्टमाइज कुलिङ तथा हिटिङ जस्ता मोडहरुले सम्पूर्ण परिवारका आवश्यकताहरुलाई सहजै परिपूर्ति गर्ने उनको भनाइ छ ।

सबै मोडेल्सहरु आर ३२ ग्यास तथा एयान्टी कोरोसन कपर कन्डेन्सर भएका छन् । यसको कन्टेम्पोररी डिजाइनले गर्दा कोठाको लिभिङ स्पेसलाई थप सौन्दर्य बनाउने विश्वास लिइएको छ । यी एयर कन्डिसन सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध रहेका छन् । नयाँ रेन्जको यो एसीमा सामसङले डिजिटल इन्भर्टर कम्प्रेसरमा १० वर्ष तथा कपर कन्डेन्सर एवम् पीसीबीमा १ वर्षको ड्युरिबिलिटी हुने कम्पनीले बताएको छ ।

जाडो होस् या गर्मी दुबै मौसमका लागि एसी चाहिन्छ । ‘आजभोलि घरबाटै काम गर्ने र पढाइ गर्ने चलन रहदा व्यक्तिहरुका लागि स्वच्छ र सफा हावा अपरिहार्य छ साथै टिकाउ र कम विजुली खपत आजका ग्राहकका प्रमुख प्राथमिकता हुन्’ सामसङ नेपालका इलेक्ट्रोनिक्स हेडगुप्ता भन्छन्, ‘हामीले ग्राहकहरुलाई प्रमुख केन्द्रमा राख्दै उत्पादनहरु प्रस्तुत गर्दै आइरहेका छौंं र हाम्रो नयाँ एसीले स्वास्थ्य तथा स्वच्छतालाई प्राथमिकतामा राखेको छ र यो कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीले ग्राहकको आवश्यकताअनुसार इनर्जी इफिसियन्सी प्रदान गर्दछ ।’

यो एसीले नेपाली बजारमा आफ्नो स्थान सहजै स्थापित गर्ने विश्वास रहेको पनि उनले सुनाए । उनका अनुसार कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीले कम विजुली खपत गर्नुको साथै चिसो एवम् सहज बातावरणको सिर्जना गर्छ ।

गुप्ताका अनुसार यसमा भएका प्रतिशत विभिन्न मोडलहरुले ४०प्रतिशत देखि १२० प्रतिशतसम्ममा कोठाको वातावरण अनुकूल कस्टमाइज्ड अपरेसन गर्न सकिने छ । कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीमा इजी फिल्टर प्लसबाहिर माथि पट्टी राखिएको छ, जसले गर्दा सहजै फिल्टर झिकेर सफा गर्न सकिन्छ । यसमा भएको यो फिल्टरले ९९प्रतिशतसम्म हानिकारक ब्याक्टेरिया हटाएर एयर कन्डिसन चुस्त एवम् कम इफोर्टमा सञ्चालन हुन्छ ।

यसमा भएको ४ वे कुलिङ टेक्नोलोजीले कोठाका हरेक कुनासम्म उत्तिकै चिसो बनाउन सक्छ । शीघ्र एवम् सही कुलिङको लागि यो प्रविधि विशेष मानिन्छ । यसको कम्प्रेसरमा १० वर्षको वारेन्टि भएको हुँदा कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने उनले बताए ।

यस एसीमा एन्टि डस्ट तथा ब्याक्टेरिया प्रोटक्टर जस्ता उपकरणहरु राखिएको छ । जसले गर्दा एसीहरुले अल्ट्रा फाइन डस्ट एवम् भाइरस तथा ब्याक्टेरिया समेतलाई रोकी, स्वच्छ हावा प्रवाह हुन्छ । यसको मर्मत खर्च समेत कम हुने उनको भनाइ छ ।

यतिमात्रै होइन ब्याक्टेरिया तथा अन्य भाइसरहरुलाई रोक्ने कन्भर्टिबल फाइभ इन १ मोडहरुमा डिजिटल इन्भर्टर प्रविधि को प्रयोग गरिएको छ, जसले ४१ प्रतिशतसम्म कम बिजुली खपत गर्ने गुप्ताले बताए । यसमा भएको डिजिटल इन्भर्टर बुस्ट जस्तो सुविधाले आवश्यक टेम्पेरेचर अन अफ नगरी ४१प्रतिशत सम्म इनर्जी बचत गर्नेछ ।

कति पर्छ मूल्य ?

सामसङका कन्भर्टिबल फाइभ इन वान, इन्भर्टर एसीहरु १ टन तथा १.५ टन गरी दुई किसिमका रहेका छन् । इलेक्ट्रोनिक्स हेड गुप्ताका अनुसार यी नयाँ एसीहरुको सुरुवाती मूल्य ८९ हजार ९ सय ९० रुपैयाँदेखि रहेको छ ।

यी एसीहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारको आधिकारिक व्यापारिक वितरक नेटवर्कमार्फत् सहजै खरिद गर्न सकिन्छ ।  नेपालभर रहेका  सामसङ स्मार्ट प्लाजाहरुबाट यी एसीहरुको खरिदमा सहज किस्तावन्दीको सुविधा पनि प्रदान गरेको छ ।

ग्राहकले शून्य डाउन पेमेन्टमा खरिद गर्न सक्ने सुविधा पनि प्रदान गरिएको छ । सामसङले एसीहरुमा नेपाल अधिराज्यभर निःशुल्क जडान सुविधा प्रदान गर्ने समेत उनले बताए ।


क्याटेगोरी : प्रविधी

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!