Techie IT
  • १ चैत्र २०८१, शनिबार
Nepal Gyan

सोवरस् एक्सन नेपालद्वारा बाढी प्रभावित ३९७ परिवारलाई राहत वितरण


गत महिना परेको अबिरल वर्षाका कारण पुर्ण रूपमा घर क्षति भई समस्यामा परेका बाढी पीडित परिवारहरूलाई सहयोग पुर्‍याउन सोवरस् एक्सन नेपालले राहत सामग्री वितरण गरेको छ। सोवरस् एक्सन हङकङको आर्थिक सहयोगमा काभ्रे र ललितपुरका ३९७ परिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो।

राहत सामग्रीमा २५ केजी चामल, २ केजी दाल, १ केजी चिनी, १ लिटर तेल, ५ वटा टुथब्रश, १ रुमाल, १ नुहाउने साबुन, १ बाल्टिन, ४ केजी सर्फ, १ कम्बल र १ सोलार समावेश गरिएको थियो।

वितरणको विवरणअनुसार, पनौती वडा नं. ११ का १६८ परिवार र वडा नं. १२ का १५१ परिवार, ललितपुर वडा नं. १४ का २५ परिवार तथा गोदाबारी वडा नं. ६ का ५३ परिवारलाई राहत सामग्री प्रदान गरिएको छ।

सोवरस् एक्सन नेपालले बाढी पीडितहरूको जीवनमा राहत पुर्‍याउन यस प्रकारको सहयोग अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!