Techie IT
  • १४ असोज २०८१, सोमबार
Nepal Gyan

पोखरा जाँदै गरेको माइक्रोबस नुवाकोटमा दुर्घटना, १२ जना घाइते


छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट नुवाकोट हँुदै पोखरातर्फ जान लागेको ग१ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो  अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहनुभएका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । माइक्रोबसमा  १८ यात्रु सवार थिए । घाइतेलाई उपचारका लागी काठमाडौँ पठाइएको छ ।

धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो । माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरी नायव उपरीक्षक भारतीले बताउनुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विविध, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!