Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

भारतलाई हराउँदै नेपाल सेमिफाइनलमा


श्रीलङ्कामा भएको पुरुष साफ यु–१७ च्यापियनसिप फुटबलमा नेपाल भारतलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स मैदानमा आज भएको खेलमा नेपालले भारतलाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । जीतसँगै नेपाल समूह बी को विजेता बन्यो भने भारत पनि उपविजेताका रुपमा सेमिफाइनलमा पुग्यो । समूह बी मा नै रहेको भूटान भने अङ्कविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि भारतले पनि भूटानलाई पराजित गरेको थियो । नेपालको जीतमा सरोज दर्लामी, उनेश बूढाथोकी र सुवास बमले समान १÷१ गोल गरे । खेलमा सुरुआती अग्रता भने भारतले लिएको थियो । खेलको २५औँ मिनेटमा भारतका ड्यानी मेइटीले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाएका थिए । भारतको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको ४५ औँ मिनेटमा नेपालका सरोजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हापसम्म १–१ गोलको बरबरीमा खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल थप्यो । खेलको ४९ औँ मिनेटमा उनेशले गोल गर्दै नेपाललाई दोस्रो अग्रता दिलाए । यसैगरी खेलको ६८ आँै मिनेटमा नेपालका अर्का खेलाडी सुवासले एक गर्दै नेपाललाई ३–१ गोलको जीत दिलाए ।

यस जीतसँगै नेपालले शीर्ष ६ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा भूटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगितमा नेपालसहित भारत, भूटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश गरी छ राष्ट्र सहभागी छन् ।


क्याटेगोरी : खेलकूद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!