Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

राजनीति

राजनीतिक नियुक्ति पाएका राजदूतलाई फिर्ता बोलाउने निर्णय


काठमाडौं , सरकारले राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद्को निर्णय पत्रकारहरूलाई सुनाएका थिए।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको हो।

राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको छ,’ उनले भने।

राजनीतिक नियुक्तिबाट बंगलादेश, चीन, भारत, अमेरिका, बेलायत, इजरायल, दक्षिण अफ्रिका, कतार, स्पेन, मलेसिया र ओमानमा राजदूतहरू नियुक्त भएका थिए । मन्त्रिपरिषद्को नियुक्तिसँगै उनीहरू अब स्वदेश फिर्ता हुनुपर्ने भएको छ । यसअघि सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यससँगै नेपालका २२ देशमा राजदूत पद खाली भएका छन् ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!