Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो


खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपयाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु युक्रेनबाट इथियोपिया पुगेका बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार इथियोपियामा खाद्यान्नको अभाव भएको र सो क्षेत्रमा पछिल्ला केही महिना यतादेखि भोकमरी नै सुरु भएकाले ती क्षेत्रमा मानवीय सहायतास्वरुप ती खाद्यान्नका ढुवानी पठाइएको बताइएको हो ।

सो खाद्यान्न आगामी महिना दिनसम्मका लागि सहयोग उपलब्ध गराइने छ । युक्रेनको बाटो हुँदै ती सामग्री त्यहाँ लैजानका लागि संयुक्त राष्ट्रसङ्घ र टर्कीले मध्यस्थता गरेका छन् । संयुक्त राष्ट्रसङ्घ र टर्कीको पहलबाट युक्रेन हुदै इथियोपियासम्म पु¥याइएको हो । आगामी महिना दिनसम्मका लागि सो खाद्यान्नको सहयोग पु¥याइने छ । एक महिनामा यहाँका कम्तीमा पनि १५ लाख मानिसका लागि सहयोग गरिने छ ।

इथियोपियाको आदमा शहरमा सो खाद्यान्न भण्डारण गरिएको छ र ती डुवानीहरु त्यहीँबाट फर्काइएको बताइएको छ ।आदमा शहरमा विश्व खाद्य कार्यक्रमको कार्यालय रहेका स्थानमा ती खाद्यान्न भण्डारण गरिने र आगामी हप्तादेखि सो खाद्यान्न वितरण गरिने पनि जनाइएको छ ।

आन्तरिक द्वन्द्व तथा खडेरी आदि कारणले गर्दा यहाँ भोकमरी सुरु भएपछि सो आदमा शहर र त्यसको वरपर लाखौँ इथियोपियाली विस्थापित भएर बसेका छन् ।

उनीहरुका लागि सो खाद्यान्न वितरण गरिने संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जानकारी दिनुभएको छ । –––


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!