Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

संविधान संशोधन अग्रगमन र समृद्धिका लागि : प्रधानमन्त्री


प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र नेकपा (एमाले) सहितको वर्तमान सत्ता समीकरणले अग्रमगन र समृद्धिका लागि संविधान संशोधन गराउने बताउनुुभएको छ ।

नेकपा (एमाले)ले हालै मनोनीत गरेका उपाध्यक्ष र केन्द्रीय सदस्यहरुको सपथ ग्रहणका लागि आज पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोशिस भएको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकताबमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताउनुभयो ।

“लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो”,  प्रधानमन्त्री ओलीले भन्नुुभयो, “संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्दालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।”

प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनताका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम तथा जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिनुुभयो । उहाँले वैचारिक र साङ्गठनिक रुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको स्पष्ट गर्नुभयो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!