Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

चितवनको दुर्गम गाउँ मायाटार बिजुलीले झलमल्ल


चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलोपटक विद्युत् सेवा पुगेको छ । शनिबार इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बत्ती बालेर अन्धकारको युग अन्त्य भएको बताउनुभयो ।

विद्युत् सेवा पुग्न बाँकी मायाटार, रमाइलो डाँडा, तेर्सेगाउँ, डाँडागाउँ, हेप्चे र घुर्केसलगायत एक सय घर बढीमा बिजुली पुगेको अध्यक्ष गुरुङले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्र र इच्छाकामना गाउँपालिकाको सहयोगमा विपन्न परिवारलाई ‘मिटर बक्स, केबल र एमसिभी’ वितरण गरिएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष गुरुङ, नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ, वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङले सो क्षेत्रका विपन्न ६० घरमा निःशुल्क मिटरबक्स, कबललगायत उपकरण निःशुल्क वितरण गर्नुभयो । प्राविधिकले तिनलाई जडान पनि गरेका छन् ।

इच्छाकामना गाउँपालिका–१ को दुई सय घरमा विद्युत् सेवा पुगेपछि गाउँ नै झलमल्ल भएको छ । वैशाख लागेपछि बाँकी क्षेत्रमा पनि सेवा विस्तार गरिने प्राधिकरणले जनाएको छ ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : प्रविधी, शिक्षा, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!