Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

अलपत्र अवस्थामा तरकारी सङ्कलन केन्द्र


सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा रहेको तरकारी सङ्कलन केन्द्र निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । युएसएआइडीको सहयोग र टुकी सङ्घ सुनकोसीको सहकार्यमा सञ्चालन भएकोे सबल कार्यक्रम र सप्रोस नेपालको रु ३२ लाखको संयुक्त लगानीमा बनेको तरकारी तथा चिस्यान केन्द्र प्रयोगविहीन बनेको छ । तरकारी उत्पादन गर्ने किसानले फलाएको उत्पादनलाई सङ्कलन गर्ने र बजारसम्म पु¥याउने, बेमौसमी तरकारी तथा फलफूललाई चिस्यान केन्द्रमा सुरक्षित राख्ने उद्देश्य राखिएको थियो तर यो उद्देश्यअनुसार कुनै पनि काम अघि बढ्न नसकेको स्थानीय कृषक प्रमोद दनुवारले बताउनुभयो ।

यस्तै जुगल गाउँपालिकाको पाङ्ताङमा रहेको जुगल कृषि सङ्कलन केन्द्र पनि प्रयोगविहीन बनेको छ । गाउँपालिकाको पाँच लाख र युएनडिपीको रु एक लाख २० हजार गरी रु छ लाख २० हजार लागतमा निर्माण भएको सङ्कलन केन्द्र प्रयोगमा नआउँदा कृषकले उत्पादन गरेका तरकारी बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको स्थानीय जेपी सिलवालले बताउनुभयो । विसं २०७७ मा निर्माण गरिएको कृषि भवन प्रयोगमा आउन नसक्दा झाडीमा परिणत भएको कृषक सुशान्त लामिछानेले बताउनुभयो । सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने अनुदानको रकमका लागिमात्रै ध्यानमा राखेर निर्माण गरिएको यी तरकारी सङ्कलन केन्द्र एउटा उदाहरण बनेको छ ।

जिल्लाको नवलपुर र ज्यामिरेमा निर्माण गरिएको सङ्कलन केन्द्र पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लामा तरकारी सङ्कलन केन्द्र नहुँदा उत्पादन गरेको तरकारीले उचित बजार नपाएको कृषकको गुनासो छ । कृषकले उत्पादन गरेको तरकारी डोकामा बोकेर डुलाउँदै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ तर निर्माण भएको तरकारी सङ्कलन केन्द्रसमेत प्रयोगमा नआउँदा सास्ती खेप्नुपरेको ज्यामिरेका बालमुकुन्द अधिकारीले गुनासो गर्नुभयो ।


क्याटेगोरी : समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!