Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

संसदमा सहभागी नहुने राप्रपा अध्यक्ष लिङ्देनको घोषणा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अबका दिनमा प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा आमनिर्वाचन घोषणा भइसकेकाले नैतिक रुपमा आफू संसद्मा उपस्थिति हुन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको यो कार्यकालमा आजको बैठक मेरा लागि अन्तिम हो ।” निर्वाचन घोषणा भइसकेपछि संसद् चलिरहनु उपयुक्त हुदैन भन्ने पार्टीको धारणा रहेको र त्यसैले आजबाट आफू सांसदको रुपमा संसद्मा उपस्थित नहुने उहाँको भनाइ छ ।

अध्यक्ष लिङ्देलले आफू संसद्मा उपस्थित नहुने भएकाले आफ्नो नाममा पठाइने तलब भत्ता रोक्का गरिदिनसमेत आग्रह गर्नुभयो । उहाँले झण्डै पाँच वर्षको कार्यकालमा पार्टीको एक्लो सदस्यको हिसाबले संसद्मा उपस्थित हुँदा केयाँै नीतिगत कुरामा आफूलाई उपेक्षा गरिएको जस्तो महसुस गरे पनि सबै दलका सांसदबाट पाएको स्नेह र सद्भावलाई सधँै सम्झनामा राखिरहने बताउनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!