Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

राष्ट्रपतिबाट सङ्घीय संसद्को महासचिवमा पाण्डेय नियुक्त


राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा सङ्घीय संसद्का पूर्वकार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गर्नुभएको छ ।

पाण्डेको संसद् सेवाको कार्यवाहक महासचिवको हैसियतले दिनुभएको राजीनामा आजै राष्ट्रपति पौडेलबाट स्वीकृत भएको थियो ।

नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पाण्डेयले यसअघि संसद् सचिवालयको सचिव र न्याय सेवा विशिष्ट श्रेणीको पदाधिकारीका रूपमा राष्ट्रसेवा गर्नुभएको थियो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!