Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित


पूर्व अरनिको यातायातको अध्यक्षमा केदार क्षेत्री निर्वाचित हुनुभएको छ । प्रत्यासी नृपध्वज महत र व्यवसायी उद्धव गौतमलाई पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । काभ्रेपलाञ्चोकको बनेपामा बुधबार सम्पन्न मतदानमा पाँच सय ८२ व्यवसायीले मतदान गरेका थिए । त्यसमा सबैभन्दा बढी मत क्षेत्रीले पाउनुभएको हो । अध्यक्षमा निर्वाचित क्षेत्रीले दुई सय ९७ मत प्राप्त गर्दा गौतमले एक सय २६ र महतले एक सय १८ मत प्राप्त गर्नुभएको थियो । क्षेत्रीले यसअघि पनि अरनिको यातायातको नेतृत्व सम्हालिसक्नुभएको छ ।

विसं २०७४ को निर्वाचनमा क्षेत्री नेकपा ९एमाले०का तर्फबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पछिल्लो समय क्षेत्री नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा रहनुभएको छ । अरनिको यातायातले दोलखा, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लामा यातायात सेवा सञ्चालन गर्दै आएको छ । सरकारले सार्वजनिक यातायातलाई कम्पनी मातहत लैजाने निर्णय गरेपछि अरनिको यातायात सेवा समिति पूर्व अरनिको यातायात प्रालिका रूपमा सञ्चालन हुँदै आएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!