Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

शीतलहरले विद्यालय बन्द


शीतलहरले गर्दा चिसो बढेपछि जनजीवन प्रभावित भएको भन्दै सिराहाका तीन पालिकाले एक साता जाडो बिदा दिएका छन् ।

सिराहाको गोलबजार तथा लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाले पालिका क्षेत्रका विद्यालयमा एक साता जाडो बिदा दिएका हुन् । शीतलहर र चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले यही पुस २५ देखि २९ गतेसम्म बिदा दिइएको गोलबजार नगरपालिकाका शिक्षा शाखा अधिकृत सुबोधकुमार लामाले जानकारी दिए ।

लहान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले २९ पुससम्म हिउँदे तथा १ माघमा माघे सङ्क्रान्ति बिदालगत्तै २ माघदेखि विद्यालय नियमित सञ्चालन हुने जनाएको छ । लक्ष्मीपुरपतारी गाउँपालिकाका शिक्षा शाखा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मङ्गलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाइएको छ ।

गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक चिसोका कारणले अध्ययन अध्यापन प्रभावित हुने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी मङ्गलबारदेखि २ माघसम्मका लागि जाडो बिदा दिइएको सूचनामा उल्लेख छ । पछिल्लो केही दिनयता बाक्लो हुस्सु कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ । बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : शिक्षा, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!