Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

कान्तिपुरविरुद्द रविको गाली वेइज्जती मुद्दा


कन्तिपुर पब्लिकेसनविरुद्द राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले `गाली वेइज्जती´ मुद्दा दायर गरेका छन् ।

लामो समयदेखी आफ्ना विषयमा गलत  समाचार लेख्दै आएको कान्तिपुरलाई कानुनी उपचार गर्नुपर्ने भन्दै रविले मुद्दा हालेको सामाजिक सन्जालमार्फत भनेका छन् ।

सामाजिक सन्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन, “ एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।
मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।´´

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, विविध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!