Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

चाक्चाकुरको अवसरमा ३ दिन सार्वजनिक बिदा


महाकुलुङ गाउँपालिकाले किराँत कुलुङ जातिहरुको महान चाड चाक्चाकुरको अवसरमा तीन दिन सार्वजनिक बिदा दिएको छ।
गाउँपालिकाले कुलुङ जातिहरुको चाड मिनारी दाचाम चासुम्लो निङ्दोङ फाइम यलेदोङको अवसर पारेर प्रत्येक बर्षको पौष १५ देखि १७ गतेसम्म बिदा दिदै आएको छ।

सोलुखुम्बु जिल्लाको महाकुलुङ कुलुङहरुको बाहुल्यता रहेको गाउँपालिका हो। प्रत्येक बर्षको पौष १५ लाई कुलुङहरुले नयाँ बर्षको रुपमा मनाउदै आएका छन् ।

यस अवसरमा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम, मनोरञ्जनात्मक तथा खेलकुद प्रतियोगिताहरुसमेत आयोजना गरिन्छ।
पछिल्लो समयमा कुलुङहरुको सङ्ख्या बढ्दै जाँदा विभिन्न शिलशिलामा राजधानीलगायत बिदेशमा समेत बसोबास बढिरहेको कुलुङहरुले आफ्ना चाड काठमाडौंसहित विदेशमा समेत मनाउने गरेका छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : खेलकूद, राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!