Techie IT
  • ३ असोज २०८१, बिहीबार
Nepal Gyan

थप दुई सय ५७ मा सङ्क्रमण


देशभर आज दुई सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षणमध्ये

सो सङ्ख्यामा भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज दुई सय ३२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ । पाँच

सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, बागलुङ, कालिकोट, हुम्ला, डोल्पा र मुगु रहेका छन् ।

होम आइसोलेशनमा दुई हजार नौ सय ९१, संस्थागत आइसोलेशनमा एक सय ५५, सघन उपचार कक्षमा ४० र भेन्टिलेटरमा पाँचको उपचार भइरहेको छ । विगत २४ घण्टामा ५० हजार तीन सय ५५ ले

कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!