Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

धर्मको आन्दोलनले सवारी रुट नै परिवर्तन


सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजिनामा माग गर्दै काठमाडौंमा गरेको आन्दोलनले नयाँ बानेश्वर सडक अस्तव्यस्त बनेको छ। । सनातन हिन्दु धर्मवालम्वीहरु किरातीको राजिनामा माग गर्दै आन्दोलनमा उत्रेका थिए।

मन्त्री किरातीले गत साता एक सार्वजनिक कार्यक्रममा बोल्दै इसाई धर्मलाई मान्दिन भन्नू संविधान विपरित भएको भन्दै संविधानविपरित काम गर्ने जो कोहीलाई जेल हाल्नुपर्ने वक्तव्य दिएका थिए। उनले नेपाल धर्मनिरपेक्ष मुलुक भएकाले सबै धर्मप्रती समान व्यवहार गर्नुपर्ने बताएका थिए। त्यसलगतै सनातन हिन्दु राज्यको माग गर्दै आएका नेपालीहरु किराती विरुद्द आन्दोलित हुँदै आएका छन् । सुरुमा आन्दोलनकारीहरुको लागि एकतर्फी छुटाएको सडक मानिसको सङ्ख्या बढ्दै जाँदा सवारी आवागमन बन्द भयो।

सनातन संस्कृतिको खुलेआम विरोध गरेकोमा उनलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने भन्दै  आन्दोलनकारीहरुले संसद भवन घेराउ कार्यक्रम गरेका थिए। गौशाला चोकबाट अगाडि  बढेको सो र्यालीसहितको आन्दोलन नयाँ बानेश्वर चोकभन्दा अगाडि प्रहरीले रोकेपछि सडक नै बन्द गरेर कोणसभा गरेका छन् । आन्दोकनकारीहरुले मन्त्री किरातीले राजिनामा नदिए  संसद भवनबाट बाहिर निकाल्ने चेतावनीसमेत दिएका छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार, समाज

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!