Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

सामुहिक भोजले १ जनाको ज्यान गयो ३३ जना बिरामी


लमजुङमा सामुहिक भोज खाएका १ जनाको मृत्यु भएको छ भने ३३ जना बिरामी परेका छन् ।

लमजुङको सुन्दरबजार नगरपालिका ८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रीसमसको उपलक्ष्यमा आयोजना गरेको भोजमा सहभागी भएका सोही नगरपालिकाकी ३२ बर्षीय देवी परियारको मृत्यु भएको हो। भोजपछी अचानक स्वास्थ्यमा समस्या आएपछि नमुना अस्पतालमा लगेको उनको अस्पताल पुग्नेबित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार मृतक परियारका श्रीमान देवु र १२ बर्षीय छोरीसहित ३३ जना हाल अस्पतालमा उपचाररत छन् ।
शुक्रवार आयोजित सो भोजमा ४० जना सहभागी थिए। उनिहरुले भात, कालो दाल, कुखुराको मासु , मुलाको अचार र गाउँकै धाराको पानी पिएको अस्पतालले बताएको छ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : समाचार, समाज, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!