Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

एकीकृत समाजवादीको महाधिवेशन जेठमा


नेकपा (एकीकृत समाजवादी)को आज बसेको केन्द्रीय सचिवालय बैठकले पार्टीको राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको उक्त बैठकले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकले यही मङसिर २८ र २९ गते सचिवालय बैठक, पुस ९ गते स्थायी कमिटी, पुस १० गते पोलिटब्युरो बैठक, पुस ११ र १२ केन्द्रीय कमिटी बैठक बस्ने निर्णय पनि गरेको छ ।

सोमबार बसेको उक्त पार्टीको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । यसैगरी पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले आउँदो माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय समेत भएको उपमहासचिव खतिवडाले बताउनुभयो ।

काठमाडौँ, १९ मङ्सिर

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!