Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् ।

महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य हुनुहुन्थ्यो ।

पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १४ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिनुभयो ।

पार्टीको विधानअनुसार सात जना प्रदेश सभापति केन्द्रिय सदस्य रहने छन् । पछिल्लो निर्णयअनुसार पार्टीको केन्द्रिय सदस्यको सङ्ख्या ६० पुगेको छ ।

बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो ।

काठमाडौँ, १३ मङ्सिर

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!