Techie IT
  • ५ असोज २०८१, शनिबार
Nepal Gyan

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको प्रदर्शन


राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियान, नेपालले आज काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गरेको छ । बैैँक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा हुनुपर्नेलगायतका माग गर्दै प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । प्रदर्शनकारी तोकिएको घेरा तोडेर निषेधित क्षेत्रतर्फ जान खोज्दा झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वमा भएको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको सहभागिता थियो ।

काठमाडौँ ७ मङ्सिर

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!