देशभरिका सेलिब्रेटीहरु धमाधम राहत जुटाउदै

जाजरकोटमा गएको भूकम्पमा परि घाइते तथा पीडितहरुको राहतको लागि देशैभरिका सेलिब्रेटीहरु धमाधम राहत जुटाउन लागेका छन््। जाजरकोट भूकम्प पीडितलाई कलाकारको तर्फबाट सहयोगी हात प्राप्त हुने क्रम जारी छ । फिल्म र संगीत क्षेत्रका सेलिब्रेटीहरुले आफ्नो आफ्नो तर्फबाट यतिखेर थुप्रै सहयोग गरिरहेका छन् ।
‘प्रेमगीत’जस्ता सफल फिल्म निर्माता कम्पनी आशुसेन फिल्म्सले आइतबार प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैयाँ जम्मा गरेको छ । निर्माता सन्तोष सेनले चाँडै फिल्मको एक टोली प्रभावित क्षेत्रमा राहत वितरणका लागि पुग्ने र यसबारे सरकारसँग समन्वय गर्ने बताए ।
आशुसेन फिल्म्सले फिल्म ‘बलिदान’को शनिबार टिजर सार्वजनिक गर्ने योजना तत्काललाई स्थगित गरेको छ । भूकम्पपछि मुलुकमा शोकको माहोल रहेकाले मनोरञ्जनभन्दा पनि अहिले उद्दार र राहत वितरण महत्त्वपूर्ण भएकोले आफुहरुले त्यस्तो निर्णय गरेको बताए।
गायक सञ्जय श्रेष्ठले आगामी गीत ‘देउसी रे’को युट्यबकोव कमाइलाई भूकम्प प्रभावितको सहयोगार्थ प्रदान गर्ने बताएका छन् । आइतबार उनले तिहार गीत ‘देउसी रे’ सार्वजनिक गर्दैछन् । चर्चित नेपाली टिकटकर आयुषसिंह ठकुरी र अंशु बर्माले पनि भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।
आयुषले टिकटक लाइभबाट रकम संकलन गरिरहेका छन् भने अंशुबर्मा राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ लागेका छन् ।
#nepalgyan #news #kathmandu #nepal
क्याटेगोरी : अर्थ, शिक्षा, समाचार, समाज, स्वास्थ्य
प्रतिक्रिया