Techie IT
  • ४ असोज २०८१, शुक्रबार
Nepal Gyan

लामा छिरिङ्ग वाङ्गदू रिन्पोछेको अमेरिकामा परिनिर्वाण


प्रसिद्ध बौद्द योगी छिरिङ वाङ्दु रिन्पोछेको अमेरिकाको पोर्टल्यान्डस्थित आफ्नै निवासमा ८८ बर्षको उमेरमा निर्वाण हुनुभएको छ।

हिमाली बौद्ध परम्परा अनुसार भौतिक रुपमा निधन भएपनि उहाँ कोठाभित्र ध्यानमुद्रा –थुग्दम)को अवस्थामा रहेको बताइएको छ । ध्यानमुद्राबाट देहत्याग गरेपछि मात्र बौद्ध परम्परा अनुसार अमेरिकामा नै उहाँको अन्त्यष्टि गरिने भएको छ ।

रिन्पोछे बौद्ध लोङचेन निङथिग, शिजे र चोड परम्पराका वंशजका उहाँ करिब ९ वर्षको उमेरमै हिमाली बौद्ध लामा भएर चोड अभ्यास गर्ने सिद्धहस्त हुनुहुन्छ । १८ देखि २० वर्षको उमेरमा उहाँले झण्डै १ सय चिहानमा तन्त्र र चोड साधना गरेर सिद्धी प्राप्त गर्नुभएको हो ।

चीनको तिब्बतमा जन्म लिनुभएका उहाँ सन् १९५८ मा बौद्ध तीर्थयात्राको क्रममा नेपाल आएर बस्नुभएको थियो । नेपाल, तिब्बत चीन, भारत, भुटान र पश्चिमी मुलुकमा उहाँ एक कुशल चोड चिकित्सक र साधकको रुपमा प्रसिद्ध हुनुहुन्छ ।

रिन्पोछे पाल गी लङ्कोर जङ्सेम कुङ्गा लिंग गुम्बा, बौद्ध, नेपालका प्रमुख गुरु समेत हुनुहुन्थ्यो । रिन्पोछेको शैली, योगिक परम्परामा, सरल र प्रत्यक्ष भएको कारण विश्वभर उहाँका अनुयायीहरु धेरै छन् ।

#nepalgyan #news #kathmandu #nepal


क्याटेगोरी : विश्व, समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
error: Content is protected !!